निर्मला हत्याकाण्ड : एसपी विष्टका छोराले प्रधानमन्त्रीलाई लेखे पत्र (पत्रसहित)

२५ आश्विन २०७५

banner

काठमाडौं । कञ्चनपुरमा दुई महिना अघि भएको बलात्कारपछि हत्या भएको प्रकरणमा मुछिएका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले प्रधानमन्त्री केपी ओललाई पत्र लेखेर आफूलाई न्याय दिन माग गरेका छन् । 

निर्मला पन्त हत्याकाण्डमा एसपी विष्टसहित उनका छोरा किरणको समेत डिएनए परीक्षण गरिएको थियो । सो परीक्षणबाट उनीहरु निर्दोश रहेको पुष्टि भइसकेको छ । किरणले आफ्नो फेसबुकबाट प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर बुधबार बेलुका पत्र लेखेका हुन् । उनले पत्रमा एकतर्फी रुपमा समाचारहरु लेखेर आफूलाई र आफ्नो परिवारलाई पीडा दिएको बताएका छन् । 

उनले कञ्चनरपुरका पत्रकार खेम भण्डारी र अनलाईन खबरले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै त्यसमाथि छानविन हुनुपर्ने माग गरेका छन् । उनले निर्मला हत्या काण्डमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै त्यस घटनामा आफूलाई नियोजित रुपमा लाञ्छना लगाएर बदनाम गरि मानशिक पीडा दिइएको बताएका छन् । उनले पत्रमा सरकारले गठन गरेको उच्च स्तरीय छानविन समितिको काम प्रति पनि प्रश्न उठाएका छन् । समितिले एकतर्फी रुपमा प्रतिवेदन तयार पारेको उनको आरोप छ । 

उनले आफू र आफ्नो परिवारलाई विनाकारण पीडा दिनेमाथि कारबाही गरि क्षतिपूर्तिसमेतको समय सजाय दिनुपर्ने माग गरेका छन् । 

गत साउन १० गते भीमदत्त नगरपालिका २ की १४ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सो हत्याकाण्डका दोषी बचाउन तत्कालीन प्रहरी प्रमुखले भूमिका खेलेको भन्दै सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित अन्य प्रहरीलाई निलम्बन गरेको छ । 

सरकारले गठन गरेको छानविन समितिले पनि एसपी विष्टको कमजोरी औंल्याएको छ भने दोषी पत्ता लगाउन सकेको छैन । यो घटनाका वास्ताविक दोषी को हुन भन्नेतर्फ हालसम्म कुनै सुरागसमेत प्रहरीले फेला पार्न सकेको छैन । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »