बलात्कारका बेला युवतीले आँखा बन्द गरिन्, अदालतले छाड्यो सामूहिक बलात्कारका दोषी

२० मङ्सिर २०७५

banner

मड्रिड। स्पेनका ५ अपिल न्यायाधीशले सामूहिक बलात्कारको एउटा मुद्दामा तल्लो अदालतले गरेको ५ आरोपीलाई जमानतमा छाड्ने विवादित फैसलालाई काम राखेको छ । सामूहिक बलात्कारका यी ५ जना दोषीलाई अब ‘सामूहिक बलात्कार’ नभइ त्योभन्दा कम गम्भीर अपराध ‘यौन उत्पीडन’ को आरोपमा सजाय हुनेछ । स्पेनमा सामूहिक बलात्कारका दोषीलाई १४ वर्ष जेल सजाय हुन्छ तर यौन उत्पीडनका दोषीलाई ९ वर्ष मात्र जेल सजाय हुन्छ । यी ५ जनालाई पनि ९ वर्षको सजाय सुनाइएको छ । 

तल्लो अदालतले यी ५ जनालाई सामूहिक बलात्कारमा दोषी ठहर नगरी यौन उत्पीडनका दोषी मानेर जमानतमा रिहा गर्ने फैसला गरेपछि यसअघि नै यो मुद्दा निकै विवादित भएको थियो । यस विषयमा थुप्रै विरोध प्रदर्शन भएका थिए । अहिले पनि अपिल न्यायाधीशले तल्लो अदालतको फैसला कायम राख्दै भनेका छन् कि पीडित १८ वर्षकी युवतीमाथि बलात्कार भएको होइन किनकि ती युवतीमाथि यी ५ जनाले हिंसाको प्रयोग गरेका छैनन् । स्पेनको कानुनअनुसार बलात्कार भएको ठहर हुन पीडितमाथि हिंसा, हमला वा धम्कीको प्रयोग भएको हुनुपर्छ । 

फैसलापछि पीडित पक्षका वकिलले आफूलाई यो फैसला मान्य नभएको भन्दै सर्वोच्च अदालत जाने भनेका छन् । सुनुवाइका क्रममा पनि २ न्यायाधीशले उनीमाथि सामूहिक बलात्कार भएको मानेका थिए तर ३ न्यायाधीशले यसलाई सामूहिक बलात्कार मानेनन् अतः बहुमतका आधारमा सामूहिक बलात्कार नभइ यौन उत्पीडन मात्र भएको फैसला गरिएको हो । यो घटनापछि स्पेनमा निनकै विवाद भएको छ । यहाँसम्म कि घटनाबाट दुःखी यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजले यस विषयमा नयाँ कानुन ल्याउने प्रतिबद्धता जनाएका छन् । 

जुलाइ २०१६ मा घटना भएको थियो । सेन फर्मिङ बुल रनिनङ फेस्टिभलका क्रममा १८ वर्षकी युवतीलाई ५ जनाले बेसमेन्टमा लगेर उनीसँग जबरजस्ती असुरक्षित यौन सम्बन्ध बनाएका थिए । उनीहरुमध्ये केहीले यो घटनाको भिडियो बनाएर ह्वाट्सएप ग्रुल ला मानाडामा शेयर गरेका थिए । यस विषयमा पुलिसले तयार गरेको रिपोर्टमा लेखिएको छ कि पीडित युवतीले घटनाका क्रममा उदासिन रवैया अपनाइन् र बलात्कारको पूरै समय आफ्ना आँखा बन्द गरिरहिन् । अदालतले पनि फैसलामा पीडित युवतीको भूमिका उदास पीडितको जस्तो भएको कुनै किसिमका धम्की वा हिंस्रक गतिविधिको कुनै प्रमाण नभेटिएको भेको छ । युवतीले कुनै शारीरिक विरोध वा प्रतिरोध नगरेकै कारण यो घटना बलात्कारको घटना नमानिएको अदालतले भनेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष