गौरीसँग सुहागरात मनाउन पाएका थिएनन् शाहरुखले, यी हिरोइननले भाँडिदिएकी थिइन्

१५ कार्तिक २०७५

banner

मुम्बइ। शाहरुख खान शेरवानीमा र गौरी बेहुलीको जोडीमा सुहागरातको लागि फ्नो फ्ल्याटमा पुगिसकेका थिए । २४ वर्षअघि उनीहरुको एक साथमा यो पहिलो रात हुने वाला थियो । तर अचानक एक हिरोइनका कारण उनीहरुको पूरै सुहागरात भाँडियो । यी दुईले कैयौं वर्षको प्रेमपछि १९९१ मा विवाह गरेका थिए । भोलि शाहरुखले आफ्नो जन्मदिन मनाउँदैछन् । यही मौकामा आउनुहोस् जानौं कसरी भाँडिएको थियो उनको सुहागरात ।

त्यो दिन शाहरुख र गौरीको विवाह भएको थियो । त्यतिबेला शाहरुख हेमा मालिनीको एक फिल्ममा काम गर्दै दिए । बिहेकै दिन हेमाले शाहरुखलाई फोन गरेर इच्छा भएमा शुटिङ स्थल आउन भनिन् किनकि उनी र धर्मेन्द्र पनि स्टुडियो जाँदै थिए । शाहरुखलाई लाग्यो कि यो गौरीको लागि एक सरप्राइज हुनेछ उनले धर्मेन्द्र र हेमा मालिनीको आशीर्वाद पाउनेछिन् । त्यसपछि शाहरुख गौरीलाई लिएर स्टुडियो पुगे तर त्यतिबेला धर्मेन्द्र र हेमा मालिनी स्टुडियो आएकै थिएनन् । 

स्टुडियोको उक कोठामा शाहरुख र गौरीले धर्मेन्द्र र हेमाको प्रतिक्षा गर्न थाले । समय बित्दै गयो तर धर्मेन्द्र र हेमा आएनन् बरु एक स्पटब्वायले खबर लिएर आए । स्पटब्वायले शाहरुखलाई बताए कि हेमाले आफूहरु छिट्टै आउने भन्दै फिल्मको केही सिन सुटिङ गर्न पठाएकी थिइन् । असिस्टेन्ट डाइरेक्टर स्टुडियोमै थिए । राती करिब ११ बजे शाहरुख सुटिङका लागि गए । शाहरुखलाई आशा थियो कि त्यतिबेलासम्म धर्मेन्द्र र हेमा आउनेछन् र गौरीले उनीहरुसँग भेट्न पाउनेछिन् । 

रातको २ बजेसम्म शाहरुखको सुटिङ चल्यो । धर्मेन्द्र र हेमा आएनन् । शाहरुख खान जब फर्केर आए त्यतिबेलासम्म भारी सारी लगाएर दिनभर व्यस्त गौरी कुर्सीमै निदाएकी थिइन् । मुश्ताक शेखले लेखेको शाहरुख खानको जीवनीमा यो घटनाको कुरा गर्दै शाहरुखले भनेका छन् ‘त्यो दिन मलाई आफैंलाई देखेर रुन मन लागिरहेको थियो । यो दिन बलिउडमा म र गौरीको लागि अपमानको दिन थियो । यो गौरीको सुहागरात थियो जो एक घटिया, लामखुट्टे भरिएको कोठामा कसैको प्रतिक्षा गर्दै बितेको थियो ।’ 

Leave a reply

HTML Tags are not supported

Post My Comment »