४६ वर्षदेखि महिलाको पेटभित्र थियो यस्तो खतरनाक चीज, अपरेशन गर्ने डाक्टरसमेत डराए

२९ भाद्र २०७५

banner

एजेन्सी। संसारमा यस्ता अनौठा घटनाहरु सार्वजनिक हुन्छन् जसलाई विश्वास गर्न निकै कठिन हुन्छ । २००१ मा मोरक्कोमा यस्तै अनौठो घटना सार्वजनिक भएको थियो । यहाँ उक महिलाको पेटबाट ‘स्टोन बेबी’ निकालिएको थियो । ती महिला सन् १९५५ मा २६ वर्षको उमेरमा गर्भवती भएकी थिइन् । तर उनले त्यतिबेला बच्चालाई जन्म दिन सकिनन् । सिजेरियनको क्रममा ज्यान जाने डरले उनले बच्चा जन्माउन सकेकी थिइनन् । 

यो घटनाको ४६ वर्षपछि उनको पेटबाट बच्चा निकालियो जुन बच्चा देख्दा संसार चकित परेको थियो । जाहरा अबौतालिब नामकी ती महिला १९५५ मा बच्चालाई जन्म दिनेवाली थिइन् । तर ४८ घण्टा ब्यथा लागेपछि पनि जब उनले बच्चा जन्माउन सकिनन् तब उनलाई अस्पताल लगियो । अस्पतालमा डाक्टरहरुले उनको सिजेरियन डेलिभरी गर्न भने । यसअघि जाहराले एक महिलालाई सिजेरियनका क्रममा मरेको देखिसकेकी थिइन् । यही डरले उनी अस्पतालबाट भागिन् ।

अस्पतालबाट भागेको कैयौं दिनपछि जाहराको पेट निकै दुख्न थाल्यो । उनलाई यस्तो लाग्थ्यो कि अब उनले बच्चा जन्माउनेछिन् तर यस्तो भएन ।  केही दिनपछि जाहराको पेट दुख्न छोड्यो । मोरक्कोमा यस्तो मान्यता छ कि बच्चा आमाको पेटमा वर्षौंसम्म सुत्न सक्छ । यही सोचेर जाहराले आफ्नो गर्भको कुरा बिर्सिइन् र तीन बच्चालाई एडप्ट गरेर पालिन् । यो घटनाको ४६ वर्षपछि अचानक ७२ वर्षको उमेरमा जाहराको पेटमा तीब्र पीडा हुन थाल्यो । जब डाक्टरले उनको एमआरआइ गराए बच्चा उनको पेटमै भएको पाए । यसपछि सर्जरी गरेर बच्चा निकालियो । यो बच्चालाई डाक्टरहरुले स्टोन बेबी नाम दिए किवकि यति समयमा बच्चा पत्थर भइसकेको थियो ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »