गिटार बजाउँदै सिड्नीमा सुमितले गाए - 'मेरो इन्स्टाको फोटो' (भिडियो)

२८ माघ २०७५
banner

काठमाडौँ। चर्चित गायन रियालिटी शो 'नेपाल आइडल'को दोस्रो सिजन 'नेपाल आइडल २'का प्रतियोगी देश बाहिर हुने विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन्।

अहिले नेपाल आइडलका टप ६ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलियामा छन् र विभिन्न सहरमा आफ्नो प्रस्तुति दिइरहेका छन्। शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडलका टप ६ ले आफ्नो प्रस्तुति दिए। 

प्रस्तुतिको क्रममा नेपाल आइडलका सेकेन्ड रनरअप सुमित पाठकले अहिले चर्चामा रहेको गीत 'मेरो इन्स्टाको फोटो' गाए। गिटार बजाउँदै उनले गीत गाउदा दर्शकको राम्रो साथ पाएका थिए। गीतमा वास्तविक स्वर गायक तथा सङ्गीतकार काली प्रसाद बाँस्कोटाको रहेको छ। गीतमा शब्द र सङ्गीत पनि बासकोटाकै छ। हेर्नुस् सुमित पाठकको प्रस्तुति।
 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l