मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउन यूएई र ओमनसँग पनि श्रम समझादारी (एमओयु) गर्ने तयारी

२६ पौष २०७५
banner

काठमाडौ।। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमन र युएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी (एमओयु) गर्ने तयारी गरेको छ।

एमओयुका लागि नेपालले जनवरीभित्र ओमन र युएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ। नेपालले यूएईसँग यसअघि नै गरेको समझदारीलाई परिष्कृत गरेर अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अभिसन्धिअनुसार गर्ने र ओमनसँग नयाँ श्रम समझदारी गर्ने गरी योजना बनाएको छ।

यूएई र ओमनअघि कतारसँग श्रम समझदारी हुने भए पनि यी दुई देशसँग भने कामदारका विभिन्न सेवा, सुविधा र अधिकारका लागि छलफल गर्ने नेपाल पक्षको योजना छ।

यूएई र ओमनसँग गरिने एमओयुको अवधारणमा अहिलेको आवश्यकताअनुसार निःशुल्क रुपमा श्रमिक जानसक्ने वातावरण तयार गर्ने गरी समझदारी गरिने सोच रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए। 

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll