सूर्य ईन्टरनेशनल अवार्डको लागि को-को जादैं छन् जापान ?

२८ भाद्र २०७५
banner

शिनओकुबो । सूर्य कर्पोरेशनले जापानको राजधानी टोकियोमा यहि भाद ३१ मा आयोजना गर्न लागेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८, जापानमा नेपाली चलचित्र, गीत सँगीत र अभिनयको एक ऐतिहासिक कुम्भ मेलाजस्तो हुने भएको छ।

नेपालका ख्याति प्राप्त नायक-नायिका र गायक-गायिका तथा ५० भन्दा बढी अन्य कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम सहित मनोनयनमा परेकाहरुलाई उत्कृष्ट अवार्ड प्रदान गरिने कार्यक्रमहरु रहेका छन् त्यसका साथै कार्यक्रमको भोली (सेप्टेम्वर १७) पल्ट जापान मै पहिलो पटक नेपालीहरुद्वारा बृहत ५ घन्टा लामो क्रृज ककटेल पार्टी पनि कलाकारहरुको सम्मानका लागि आयोजकले दिने यसअघि नै जनाई सकेको छ।

यससँगै आयोजकले विद्यार्थी, व्यवसायी, मजदुर र डिपेन्डेन्ट लक्षित पाँच हजार र दश हजार दरका टिकटको पनि विक्रि वितरण सार्र्वजनिक गरेको छ। सेप्टेम्बर १६ तारिकमा नाखानो जेरो हल, टोकियोमा हुने उक्त अवार्डमा नेपाल स्थित सरकारी निकायहरुको पनि सहकार्य रहेको छ।

अवार्डको विजेता निःशुल्क अनलाइन भोटिङ मार्फत छानिने भएकाले नेपाली कलाकारहरुले पनि आफ्नो शोसल मिडियाहरु मार्फत भोट गर्न सार्वजनिक अपिल गरी रहेका छन्। अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सह–कलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरु रहेका छन्।

मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन्। त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन्।

त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापञ्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन्।

उत्कृष्ट अभिनेताका लागि ‘कृ’ का अनमोल केसी, लिलीबिलीका प्रदीप खड्का, मंगलमका पुष्प खड्का, म यस्तो गीत गाउँछुका पल शाह र घामपानीबाट दयाहाङ राई मनोनीत छन्। उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि भने कान्छीकी श्वेता खड्का, म यस्तो गीत गाउँछुकी पूजा शर्मा, मंगलमकी शिल्पा पोखरेल, पञ्चायतकी नीता ढुंगाना र ए मेरो हजुर २ की साम्राज्ञी शाहबीच प्रतिस्पर्धा छ। फिल्म अन्तर्गत सह–अभिनेता र सह–अभिनेत्रीको विधासमेत रहेको छ।

पपगीततर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर उत्कृष्ट गायकमा मनोनित छन्। पप गायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू, मिलन अमात्य, एञ्जिला रेग्मी र रबिना थापाबीच प्रतिस्पर्धा छ। आधुनिक गायकतर्फ रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल, हेमन्त शर्मा र शिव परियार उत्कृष्ट पाँचमा परेका छन्।

आधुनिक गायिकामा भने अञ्जु पन्त, मेलिना राई, रिता केसी, टीका प्रसाईं र सिर्जना खत्री मनोनित छन्। लोकगीततर्फ नवीन पौडेल, रमेशराज भट्टराई, खुमन अधिकारी, रामजी खाँण र प्रकाश कटुवाल प्रतिस्पर्धामा छन्। गायिकातर्फ ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुना थापा र देवी घर्तीमगर मनोनित छन्।

ताजा भिडियो

घुस संवाद भित्र छिर्दा...। Raj Narayan Pathak l Ghus Kanda l

प्रचण्डको उद्घोषः यो नबिर्सनु कि, मैले अड्डी कसेँ भने धेरै कुरा हुन्छ । Prachanda Speech l

मारुनीको शुभमूर्हतमा साम्राज्ञी र पुष्पको यस्तो केमेष्ट्री | Samragee Rl Shah | Puspa Khadka |

नायिका बर्षा राउत र संजोग कोइरालाको बिवाहको रौनक | Barsha and Sanjog Marriage |