सूर्य ईन्टरनेशनल अवार्ड जापानमा हुँदै

२८ भाद्र २०७५

banner

बाल कृष्ण भट्ट
शिनओकुबो (जापान) । सूर्य कर्पोरेशनले जापानको राजधानी टोकियोमा यही भाद ३१ मा आयोजना गर्न लागेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८, जापानमा नेपाली चलचित्र, गित संगीत र अभिनयको एक ऐतिहासिक कुँम्भ मेला हुने आयोजकले जनाएको छ । 

नेपालका ख्याति प्राप्त नायक–नायिका र गायक–गायिका तथा ५० भन्दा बढी अन्य कलाकारहरुको साथमा विविध संस्कृतिक कार्यक्रमसहित मनोनयनमा परेकाहरुलाई उत्कृष्ट अवार्ड प्रदान गरिने कार्यक्रमहरु रहेका छन् । कार्यक्रमको भोलीपल्ट (सेप्टेम्वर १७) क्रृज ककटेल पार्टी हुने आयोजकले जनाएको छ । 

यस सँगै आयोजकले विद्यार्थी, ब्यवसायी, मजदुर र डिपेन्डेन्ट लक्षित पाँच हजार र दशहजार दरका टिकटको पनि विक्रि वितरण सार्बजनिक गरेको छ । सेप्टेम्बर १६ तारिकमा नाखानो जेरो हल, टोकियोमा हुने उक्त अवार्डमा नेपालस्थित सरकारी निकायहरुको पनि सहकार्य रहेको छ । 
अवार्डको विजेता निःशुल्क अनलाइन भोटिङमार्फत छानिने भएकाले नेपाली कलाकारहरुले पनि आफ्नो शोसल मिडियाहरु मार्फत भोट गर्न सार्वजनिक अपिल गरि रहेका छन् । 

अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरु रहेका छन् । 

मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन् । त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन् ।

त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापन्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट अभिनेताका लागि कृ का अनमोल केसी, लिलीबिलीका प्रदीप खड्का, मंगलमका पुष्प खड्का, म यस्तो गीत गाउँछुका पल शाह र घामपानीबाट दयाहाङ राई मनोनीत छन् । उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि भने कान्छीकी श्वेता खड्का, म यस्तो गीत गाउँछुकी पूजा शर्मा, मंगलमकी शिल्पा पोखरेल, पञ्चायतकी नीता ढुंगाना र ए मेरो हजुर २ की साम्राज्ञी शाहबीच प्रतिस्पर्धा छ । फिल्मअन्तर्गत सहअभिनेता र सहअभिनेत्रीको विधासमेत रहेको छ ।

पपगीततर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर उत्कृष्ट गायकमा मनोनीत छन् । पपगायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू, मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापाबीच प्रतिस्पर्धा छ । 

आधुनिक गायकतर्फ रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल, हेमन्त शर्मा र शिव परियार उत्कृष्ट पाँचमा परेका छन् ।
आधुनिक गायिकामा भने अञ्जु पन्त, मेलिना राई, रिता केसी, टीका प्रसाईं र सिर्जना खत्री मनोनीत छन् । 

लोकगीततर्फ नवीन पौडेल, रमेशराज भट्टराई, खुमन अधिकारी, रामजी खाँण र प्रकाश कटुवाल प्रतिस्पर्धामा छन् । गायिकातर्फ ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुना थापा र देवी घर्तीमगर मनोनीत छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »