भरतपुरमा धुर्मुश-सुन्तलीलाई भव्य स्वागत, हेर्नुहोस् ८ तस्विर

२० माघ २०७५
banner

चितवन। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आइतबार भरतपुरमा भव्य स्वागत गरिएको छ।

 

 

भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी र्‍यालीका साथ निर्माणस्थल रामपुर पुर्‍याइएको थियो।

रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए।

 

 

उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए।

उनले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराए। फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गरे। सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उनले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताए।रासस

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l