अमेरिकाको न्यूह्यामसायरमा सरस्वती पूजा तथा बाल प्रतिभा प्रतियोगिता सम्पन्न

२८ माघ २०७५
banner

इश्वरी भट्ट 

न्यूहेमसार, अमेरिका । अनेसास न्यूह्यामसायरको आयोजनामा विद्ध्याकी देवी सरस्वती माताको पूजा एवं बाल प्रतिभा प्रतियोगिता सम्पन्न भएको छ। 

हिजो सरस्वती पूजाका दिन बोर्ड अफ ट्रस्टीको अध्यक्ष गीता खत्रीको प्रमुख अतित्थ्यतामा सम्पन्न उक्त सरस्वती पूजा तथा  बाल प्रतिभा कार्यक्रममा सेनेट मेजेरोटी लिडर सेनेटर ड्यान फेल्टसको विषेश आतित्थ्यता रहेको थियो। 

१५० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा पण्डितबाट मन्त्रोच्चारण एवं पूजापाठ गरिनुकासाथै सरस्वती स्तोत्र वाचन गरिएको थियो।

संस्थाकी उपाध्यक्ष हरि माया अधिकारी र सदस्य रमा न्यौपानेले अतिथिहरूलाई खादा ओडाए सम्मान थरेका थिए भने नेपाली र अमेरिकन राष्ट्रिय गान गाएर कार्यक्रम सुरुवात गरिएको थियो। 

कार्यक्रममा दर्जनौं बाल बालिकाहरूले गायन, नृत्य, बाध्यबादन, चित्रकला, कविता वाचन लगाएत आ आफ्ना प्रतिभा रोचक ढंगबाट प्रस्तुत गरेका थिए। प्रतियोगितामा महेश्वर पन्त, दिपा राइ पुन, तिलक श्रेष्ठ र राज कपूर जजको भूमीकामा रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि गीता खत्रीले आँफु सधैं न्यूह्यामसायरको कार्यक्रममा आउँन उत्साहित रहने एवं साहित्य कला र संस्कृतिलाई बँचाई राख्न यस्तै कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिएकी थिईन्।

त्यसैगरी मेजोरिटी लिडर सेनेटर डेन फेल्टेसले आँफु कार्यक्रमबाट प्रभावित भएको र  यस्ता कार्यक्रमले कम्यूनिटीमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै कार्यक्रम सफलताको कामना गरेकी थिईन्।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष कृष्ण कुमार गिरीले प्रमुख अतिथि गीता खत्री र विशेष अतिथि सेनेटर ड्यान फेल्टसलाई सहभागितामन लागि धन्यवाद दिँदै मायाको चिनो प्रदान गरेका थिए।

त्यसैगरी न्यूह्यामसायर च्याप्टर बीओटी सदस्यहरू खडिमान राइ, मुक्ति नारायण राइ र उमेश कोइरालालाई प्रमुख अतिथि गीता खत्री र विशेष अतिथि ड्यान फेल्टेसले खादा तथा प्रमाणपत्र द्वारा सम्मानित गरिएको थियो।

केन्द्रीय सचिव कवि लालगोपाल सुवेदीले आफुँलाई न्यूह्यामसायरले वाल्यकालको स्मरण गराएको भन्दै न्यूह्यामसायर कविता वाचन गरेका थिए।

त्यसैगरी कवि तथा वोस्टन च्याप्टर उपाध्यक्ष शुसील नेपाल, के.स. अग्नी पराजुली, तारा देवी नेउपाने, हरी माया अधिकारी, कवयित्री दिपा राई पुन, रमा नेउपाने लगायतले आ आफ्ना प्रस्तुती दिएका थिए।

एकै स्थानमा सरस्वती पूजा, कविता वाचन र बाल प्रतिभा प्रदर्शन जस्तो भव्यकार्यक्रम सफल संचालन गरेकोमा उपस्थित सबैले आयोजकलाई धन्यावाद दिएका थिए।

कार्यक्रमाका सभापति तथा च्याप्टर अध्यक्ष कृष्ण कुमार गिरीले प्रमुख अतिथि, विशेष अतिथि, अनेसास परिवार, सहभागि प्रतिभाहरू, निर्णायक मण्डल, सम्पूर्ण संघ संस्था र व्यकितिहरूलाई धन्यबाद दिँदै यहाँहरुकै कारण कार्यक्रम सफल भएको बताए।

कार्यक्रमलाई सफल बनाउन यथासक्य नगद दान तथा खान पिनमा सहयोग गर्ने सबैको नामावली उद्घोषण गर्दै कोषाध्यक्ष दर्पण किराँत राइले सवैलाई धन्यवाद दिएका थिए।

विओटी अवार्ड कमिटी सदस्य इश्वरी भट्टले यस कार्यक्रमको ऐतिहासिकता माथि प्रकाश पार्दै यस कार्यक्रमलाई सफल पार्न उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वमा प्राप्त गर्नेहरूको नामावली जज प्यानल संयोजक महेश्वर पन्तले घोषा गरेका थिए भने प्रमुख अतिथि खत्री, सचिव लालगोपाल सुवेदी र सभा अध्यक्ष कृष्ण कुमार गिरीले पुरस्कृत बाल बालीकाहरूलाई पुरस्कार, प्रमाण पत्र र खादा प्रदान गरेका थिए।

कार्यक्रममा रेवन्त वाग्चन, नेहा शर्मा, स्तुति खतीवडा, विप्लव खतिवडा, रितेश आचार्य, आयूस मित्र, आन्या वैद्य, विदीसा गुरूङ, स्पर्धा गुरूङ, शुवर्ना राइ, आलेख राइ, प्रज्ना अधिकारी, प्रमसु अधिकारी, गार्सील्यान मेहता, रीसीमा सिंह, श्रेया खनाल, श्रीयाम रिमाल, रिवाज भण्डारी, अस्विनी गुरूङ, सजिल गुरूङ, अग्रिमा गुरूङ, आभूषण गुरूङ लगायतले  प्रस्तुती दिएका थिए। 

उक्त कार्यक्रम आर्जु पराजुलीले रोचक शैलीमा संचालन गरेकी थिइन भने तलवा बाधक प्रेमसागर खतिवडाले संगीत तथा वाध्यबादनमा सहयोग गरेका थिए। कार्यक्रममा आयोजक र सहयोगीले निशुल्क प्रसादको व्यवस्था पनि गरिएको थियो । 
 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l