स्याङ्जा जनसेवा समिति हङकङको शुभ आशिष कार्यक्रम सम्पन्न

२१ कार्तिक २०७५

banner

काठमाडौँ। सन २००१ मा स्थापित स्याङ्जा जनसेवा समिति हङकङले हरेक बर्ष झैं यस बर्ष पनि नेपालीहरुको महान पर्व बडा दशैं र तिहारको शुभ अवसरमा आयोजित शुभ आशिष कार्यक्रम २०१८ सेन्ट्रलस्थित बेरुट रेष्टुरेन्ट एण्ड बारमा सम्पन्न गरेको छ।

स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष ईश्वर गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा समितिका संस्थापक अध्यक्ष तथा मनोनित सल्लाहकार भक्त गुरुङको प्रमुख आतिथ्य रहेको थियो भने ८ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट मनोनित अन्य सल्लाहकारहरु राङ्भाङ समाजका अध्यक्ष प्रेम थापा, भिरकोट आठथर तमु समाजका अध्यक्ष मन बहादुर गुरुङ, सोंपाल समाजका अध्यक्ष याम गुरुङ, फेदीखोला सेरोफेरो समाजका अध्यक्ष टम गुरुङ, आंधीखोला स्पोर्टस क्लबका अध्यक्ष बेद प्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शंकर गुरुङ, मोहन (टिला) गुरुङ, ब्यबसायी चेत बहादुर गुरुङ, सोंपाल समाज हङकङका निवर्तमान अध्यक्ष धर्म गुरुङ, धन बहादुर गुरुङ, पुरन गुरुङ, राम काजी गुरुङ  र जय बहादुर गुरुङलाई अतिथिको रुपमा आसिन गराएका थिए।

 

 

उपाध्यक्ष रविन थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव तिर्थ गुरुङले सञ्चालन गरेका थिए भने अध्यक्ष ईश्वर गुरुङ र प्रमुख अतिथि भक्त गुरुङले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्द्घाटन गरेका थिए।

कार्यक्रममा दीप प्रज्वलन गरि उद्द्घाटन पश्चात अर्का उपाध्यक्ष मुक काजी (काजी) गुरुङले स्याङ्जा जनसेवा समिति हङकङको वर्तमान आजीवन सदस्यताहरुको बारेमा जानकारी दिंदै सम्पूर्ण स्याङ्जाबासीहरुलाई गृह जिल्लाको आजीवन सदस्यता प्रक्रिया र आजीवन सदस्यता लिई सकेपछि त्यस्को फाईदा बेफाईदा बारेमा प्रकाश पारेका थिए। लगतै नव–मनोनित सल्लाहकारहरुलाई अध्यक्ष ईश्वर गुरुङले खादा लगाई स्वागत गर्दै सम्मान गरे भने ब्यक्तिगत भ्रमणमा बेलायतबाट हङकङ आएका आंधीखोला स्पोर्टस क्लबका अध्यक्ष बेद प्रसाद गुरुङका पूज्यनिय बाबा आमालाई खादा लगाई स्वागत तथा सम्मान गरे।

 

 

यसैगरि मञ्चमा आसिन केहि सल्लाहकारहरुले शुभ आशिष कार्यक्रम २०१८ माथि शुभकामना ब्यक्त गरे भने प्रमुख अतिथि तथा संस्थापक अध्यक्षले भक्त गुरुङले पनि यो शुभ आशिष कार्यक्रम शुरुका दिनदेखि नै नेपालीहरुको महान पर्व बडा दशैं र तिहारको अवसरमा आफुभन्दा ठूला बडासंग आशिष लिने र सानालाई आशिष दिने अभिप्रायले आयोजना गर्दै आएको र यसलाई भविष्यमा पनि निरन्तरता दिंदै जानु पर्नेमा आफ्नो भनाई राख्दै शुभकामना जाहेर गरे भने अध्यक्ष ईश्वर गुरुङले स्याङ्जा जनसेवा समिति हङकङको ८ औं अधिवेशन पश्चातको पहिलो बैठकले मनोनित सल्लाहकारहरुलाई हार्दिक बधाई ज्ञापन ब्यक्त गरे। यसैगरि स्याङ्जाको हरेक कार्यक्रमलाई साथ, सहयोग र समर्थनको लागि सल्लाहकारहरुको आवश्यकता रहेको र सल्लाह सुझाब दिंदै समितिलाई भरपूर सहयोग गर्नेमा सल्लाहकारहरु कहिल्यै चुक्ने छैन भन्दै आफ्नो भनाई राखे र उपस्थित सम्पूर्ण स्याङ्जाबासीहरुलाई उपस्थितिको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरे।

 

 

कार्यक्रममा बाल कलाकार कश्मिना गुरुङले स्याङ्जा बजार झलल र रोशनी गुरुङले गुरुङ चलचित्र (तमुस्यो) को कहिले फूल बनी फक्रिएर भन्ने गीतको बोलमा एकल नृत्य प्रस्तुत गरिन। यसैगरि रोशनी गुरुङ र शिशिर गुरुङले (चेप्टो चेप्टो पेरुङ्गो) भन्ने गीतको बोलमा युगल नृत्य पस्के। क्रमिक रुपमा शिशिर गुरुङले बोलु बोलु लाग्यो मलाई भन्ने गीत पस्के र थमीर गुरुङ, गणेश गुरुङ, शिशिर गुरुङ, रोशनी गुरुङले (जान त साहिंली जाने हो घर) भन्ने झ्याउरे गीतमा मार्मिक नृत्य पस्केका थिए।

अन्तमा, देउसी भैलो खेल्दै रमाईलो गर्दै उपस्थितजनहरुले आउंदै गरेको तिहारको खुशीयालीमा स्वेच्छाले दान दक्षिणा गरे र नाचे पनि। यसैगरी नाच्दै गाउंदै रमाईलो गर्दै हङकङमा रहेका स्याङ्जालीहरुले यो बर्षको दशैं तिहार कार्यक्रम मनाए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »