भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट दिग्भ्रमित नहुन तामाङ समाज अमेरिकाको अपिल 

२५ आश्विन २०७५
banner

न्युयोर्क । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ। 

तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेश विज्ञप्ति जारि गर्दै समाजको धारणा सार्वजनिक गरेकी छिन्। 

शैक्षिक तथा आर्थिक क्षेत्रमा समस्त तामाङ समुदायको समग्र विकासको लागि उल्लेखनीय योगदान गरी तामाङ संस्कार र संस्कृतिलाई अमेरिकामा बसोवास गर्दै अईरहेको नयाँ पुस्तालाई हस्तान्तरण गरि संस्कृति संरक्षण गर्ने र  तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन विशेष भूमिका निर्वाह गर्दै नेपाली (प्रवासी) डायस्पोरामा सामुदायिक अगुवाई लिने पवित्र उद्देश्यका साथ अमेरिकी कानुन अन्तर्गत स्थापित यस “तामाङ समाज अमेरिका” र यस संस्थासँग आवद्ध व्यक्तित्वहरुको मान मर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गरी अर्कोतर्फ विवाद समाधान कमिटि गठन भएको भन्ने विरोधाभासपूर्ण विज्ञप्तिले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्त्व पंक्तिको असक्षमता, अपरिपक्वता र अदूरदर्शिताको स्पष्ट चित्रण गर्दछ।

यस्तो गन्तव्यहिन नेतृत्वबाट बृहत् समाज निर्माण र नेतृत्वको सम्भावना पुरै समाप्त भएको कुरा विज्ञप्तिको भ्रमपूर्ण र विरोधाभासपूर्ण विषय वस्तुले समेत स्पष्ट पार्दछ। 

तामाङ समाज अमेरिका र यस संस्थासँग आवद्ध व्यक्तिहरूको मानमर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गर्ने र अर्को तर्फ तथाकिथत विवाद समाधान कमिटि गठन भएको भनेि विरोधाभास विज्ञप्ति मार्फत समाज र समुदायमा भम फैलाउने समाचार केही अनलाइन मिडियामा प्रकाशन भएकोले तामाङ समाज अमेरिकाको गहिरो ध्यान आकर्षण भएको छ।

तामाङ सामाज अमेरिकाको संरक्षकहरू भरत राज लामा, शानु बावु थोकर, लुईसाङ वाईबा र भोजराज थोकर लगायतलाई तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको सल्लाहकारको भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको भएता पनि उक्त प्रस्तावलाई हाम्रा अग्रजहरुले कहिल्यै स्वीकार नगरिएकोले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा गरिएको भनिएको कथित कारबाहीको कुनै अौचित्य नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 
हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै 

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l