तामाङ समाज युएईले शैक्षिक सहयोगार्थ एसएमएस धमाका कार्यक्रम गर्दै

२८ जेठ २०७६
banner

युएई  युएईका लागि तामाङहरुको छाता संगठन तामाङ समाज युएईले यसवर्ष पनि विगतको वर्षहरुमा झै शिक्षाको लागि सहयोगार्थ एसएमएस धमाका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । तामाङ समुदाय राजनैतिक,आर्थिक र सामाजिक रुपमा पछि पर्नुको कारण शिक्षामा पहुँच नपुगेको ठहर गर्दै तामाङ समाज युएईले सन् २०१२ यता सपोर्ट माई स्कुल अर्थात एसएमएस धमाका कार्यक्रम मार्फत राज्य र विभिन्न निकायको पहुँच नपुगेका तामाङ समुदायको बाहुल्यता भएका विकट स्थानका विद्यालयहरुमा निरन्तर आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

यस वर्ष शिक्षाको लागि सांगीतिक अभियानलाई निरन्तरता दिदै एसएमएस धमाका(२०१९ सांस्कृतिक कार्यक्रम युएईको राजधानी आबुधाबी स्थित मलायली समाज हल, मुसाफामा ५ जुलाई २०१९, शुक्रबार दिनको ठिक २ बजे सुरु हुने भएको छ । उक्त कार्यक्रममा नेपालबाट अमन्त्रित अतिथि कलाकार सुरेश लामाको साथमा रोजगारीको शिलशिलामा युएईमा रहेका ख्याति प्राप्त कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुतिहरु दिने तयारी गरिरहेका छन ।

समाजले हाल सम्म एसएमएस कार्यक्रमबाट बिभिन्न जिल्लाका आधा दर्जन भन्दा बढी सामुदायिक बिधालयहरूलाई आर्थिक सहयोग उपलब्ध गराएकाे समाजका महासचिब सनिल घिसिङले जानकारी दिए ।

सन् २००५ सालमा छत्र लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले विशेषगरी तामाङ समुदायको सामाजिक, साँस्कृतिक र धार्मिक संरक्षण, सम्बद्र्धन र विकासका लागि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको र भुकम्प, बाढीपीडितका साथै गरिबीको कारण प्राण घातक रोगहरुको उपचार गर्न नसकेकाहरुलाई समेत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli