तरकारीमा विषादी

१ जेठ २०७६
banner

डडेल्धुरा (रासस) । बढी उत्पादनका साथै कीरा र रोगबाट बचाउन भन्दै यहाँका किसानले तरकारीबालीमा विषादीको प्रयोग बढाउँदै लगेका छन् । मानव शरीररमा पर्नसक्ने असरबारे ज्ञान नहुँदा तरकारीमा यहाँका किसानले आवश्यकभन्दा बढी र कडा खालको विषादी प्रयोग गर्दै आइरहेका छन् । 

मानव शरीरमा पर्नसक्ने असरका बारेमा ज्ञान नहुँदा र बढी उत्पादन हुने आशमा तरकारीबालीमा कडा खालको विषादी प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए । 

आलु, गोलभेँडा, काउली, भन्टा, सिमी, काँक्रा, लौकालगायत दैनिक उपभोग्य तरकारीमा कडा खालको विषादी प्रयोग हुँदै आएको छ । पर्याप्त जानकारी नहँुदा कडा खालका विषादी पनि प्रयोग भएको हुनसक्ने र यसबारेमा जनचेतना बढाउँदै लानुपर्ने राय अजयमेरु– ५ देवलका टेक खड्काको भनाइ छ । 

आवश्यकभन्दा बढी विषादी प्रयोग भएका तरकारी खाँदा मुटुरोग, श्वासप्रश्वास, छाला, मिर्गौलालगायत जटिल रोग लाग्न सक्ने डडेल्धुरा अस्पतालका डा जीतेन्द्र कँडेल बताउँछन् । त्यस प्रकारका तरकारी र खाद्य सामग्रीको भान्सामा प्रयोग हुने हो भने दीर्घकालीनरुपमा स्वास्थ्यमा असर देखा पर्नसक्ने डा कँडेलको भनाइ छ ।

ताजा भिडियो

‘लप्पन छप्पन २’ को सुटिङमा हाकुकालेको धमाकेदार इन्ट्री | Saugat Malla | Haku Kale |

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |