२० लाखको कार आयातमा ६५ लाख कर !

२५ अषाढ २०७६
banner

काठमाडौं। छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैंयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्छ ।

तर मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक बर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैंयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने भएको हो ।

भन्सार विभागले आगामी आव २०७६/७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैंयाँका कार नेपाल ल्याउने क्रममा ८० प्रतिशत भन्सार महशुल, सतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट) सहित सो कारमा ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने बाध्यता छ। राजधानी दैनिक

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |