पशुपतिमा तीजको रमझम, हेर्नुहोस् १२ तस्विर

२७ भाद्र २०७५

banner

सबै तस्विरः आर्यन धिमाल

काठमाडौँ। भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरे।
बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो।

यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ। यसले गर्दा भक्तजनलाई आवतजावत गर्न सहज भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए।

 

 

दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरेका छन्। महिलाको विशेष उपस्थिति थियो। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड नै लागेको थियो। 

तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ। कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन्। पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ।

 

 

विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ। यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »