प्रकाश र सम्झनाको छमछमी

२० अषाढ २०७६
banner

काठमाडौं । यसवर्षको तीज क्रमश नजिकिँदै छ। जसको आभाष युट्युबमा सार्वजनिक तीज गीतले दिएका छन्।

युट्युबमा प्रशस्त नयाँ तीज गीत देख्न सकिन्छ । कोही भने सार्वजनिक गर्ने तयारी कँस्दैछन्। 

यसैक्रममा लोकदोहोरी गायिका सम्झना लामिछाने मगर र गायक गणेश न्यौपानेको स्वरमा ‘के साह्रो जिस्केको’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। गीतमा रविन लामिछानेको लय/शब्द रहेको छ।

पछिल्लो समयका लोकप्रिय म्युजिक भिडियो निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश सपूत र गायिका सम्झना स्वयंमले अभिनय गरेकी छिन्। 

राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्। गीतको अडियो कर्णप्रिय सुनिन्छ । त्यस्तै आकर्षक भिडियोमा प्रकाश र सम्झनाको जोडी गज्जब देखिएको छ ।

भिडियो गायिका सम्झनाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l