आगलागीबाट छ लाखको क्षति

२४ पौष २०७५
banner

प्रतिनिधिमुलक तस्बीर

बेझाड । पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पास्थित साकिनेमा एक घरमा आगलागी हुँदा करीब छ लाख मूल्य बराबरको क्षति भएको छ । 

रुद्रबहादुर दर्लामीको घरमा आज दिउँसो करीब २ बजेको समयमा भएको आगलागीमा घर गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट गोठमा रहेका दुईवटा भैसी र घरमा रहेका दुई थान मोवाइल सेट तथा लत्ताकपडालगायत जिन्सी सामानसहित करीब ६ लाख ७० हजार मूल्य बराबरको क्षति भएको पूर्वखोला इलाका प्रहरी कार्यालयका प्रमुख टकबहादुर आलेले जानकारी दिए।

दर्लामीको घरमा अचानक आगो लागेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको वडाध्यक्ष निरबहादुर सारुले बताए । स्थानीयवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीपीडित परिवार अहिले आफन्त छिमेकीको शरणमा बसेका छन् ।

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |