ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२३ आश्विन २०७५
banner

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले  ४० लाख ७८ हजार ८८१ जरिवाना सजाय बेरुजु रही फरार रहेका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समिति सदस्य अजय महर्जन रहेको छ । काठमाडौँको ताहाचलबाट उनलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

महर्जनविरुद्ध ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७२ साल वैशाख १७ गते रु ४० लाख ७८ हजार ८८१ जरिवानाको फैसला गरेको थियो । पक्राउ परेको महर्जनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएपछि अदालतको आदेशले केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

अजय महर्जनसमेतका पदाधिकारीले आकर्षक व्याज र उपहारको प्रलोभन देखाई विभिन्न मितिमा निक्षेपकर्ताबाट सङ्कलित रकम रु चार करोड १७ लाख ५८ हजार ७१९ हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरीद गरेको तथा निक्षेपकर्ताको सावा व्याजसमेत फिर्ता नगरी ठगी गरेका थिए । यसअघि नै ठगीमा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरिसकिएको ब्युरोले जनाएको छ।

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l