धुलाम्मे र हिलाम्मे कलंकी-थानकोट सडकखण्ड मुहार फेर्दै (फोटोफिचर)

२३ फाल्गुन २०७५
banner

काठमाडौं। कलंकी–थानकोट सडकखण्ड राजधानी भित्रने र बाहिरिने एक मात्र प्रमुख नाका हो। यस सडकखण्ड भएर दिनहुँ हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरु आवात जावत गर्ने गर्छन्।

तर प्रमुख नाका भएर पनि उक्त सडकखण्डको अवस्था देख्दा सायद जो कोहीको मनमा पनि यस्तो प्रश्न उठ्न सक्छ की यस्तो पनि हुन्छ देशकै राजधानीको सडक ? हो अहिले कलंकी–थानकोट सडकको अवस्था यस्तै छ जसले गर्दा यस्तो प्रश्न उठ्नु कुनै नौलो कुरा भने होइन।

 

 

सडक धुलो नै धुलोले भरिएको छ। वर्षाको समयमा झन उक्त सडक खण्ड हिलाम्मे र खाल्डो–खाल्डो हुने गर्दछ। सैलुङ कन्सट्रकसन कम्पनीले जिम्मा लिएको उक्त सडकखण्ड करिब दुई वर्ष बितिसक्दा पनि काम पुरा हुन सकेको छैन।

बेला बेलामा हिलो र धुलोको सास्ती खेप्दै आएका स्थानीयले चाडो भन्दा चाडो सडक निर्माण गर्न आन्दोलन समेत गर्दै आएका छन्। सडकको बल्ल बल्ल केहीदिन अघिबाट कालोपत्रेको काम सुरु भएको छ।

 

 

अहिले उक्त सडकखण्डमा पर्ने ढुङ्गेअड्डा क्षेत्रमा पर्ने सडक कालोपत्रे गर्ने कार्य भइरहेको हो। जसले गर्दा केही मात्रामा भएपनि धुलो उड्ने कम भएको छ। त्यस क्षेत्रमा काम सकिएसँगै गुर्जुधारा लगायतका अन्य स्थानमा पनि कालोपत्रेको काम थालनी गरिने बताइएको छ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |