विश्व भ्रमण यात्री  थोर नेपालमा

१६ माघ २०७५
banner

काठमाडौं। डेनमार्कका सी पेडरर्सन थोर विश्व यात्राका क्रममा बुधबार नेपाल आइपुगेका छन्। उनको नेपाल १ सय ७९ औं भ्रमण मुलुक हो। कुनैपनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकी  नयाँ इतिहास बनाउने क्रममा उनी नेपाल आएका हुन्।

रेडक्रसको सद्भावनादूतसमेत रहेका डेनिसले  नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै भने, ‘विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने मेरो उद्देश्य छ। विश्वको जुनसुकै कुनामा सुरक्षा, शिक्षा, आवास, भोजनलगायतको समस्या छ र आम रुपले मानिसहरुमा समानता मैले देखेको छु।’

 

नेपाल भ्रमणको क्रममा उनले विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरुको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाईन –११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपत्कालीन केन्द्रको पनि निरीक्षण गरे।  नेपालमा डेनिस रेडक्रसले सञ्चालन गरेका कार्यक्रमको अवलोकन गरेका नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी गराए। 

उनले बुधबार नै राष्ट्रिय रक्त सञ्चार सेवा केन्द्र बालकुमारीमा गई रक्तदान गरे। ‘मानिसहरुको नशामा उस्तै प्रकारको रगत बगिरहेको छ र खुशी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरीका रक्तदान  हो,’ उनले भने।  थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसकेका छन्। सन् २०१३ बाट सुरुभएको यो अनवरत यात्राको क्रममा संसारका २०० वढी मुलुकको भ्रमण नसकी घर नफर्किने उनको योजना रहेको छ। सन् २०२० मा उनको भ्रमण सकिने अनुमान छ।
 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।