शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : थ्री स्टार विजयी

२५ आश्विन २०७५

banner

फाइल फोटो

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ। 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो। जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क जोडेको छ। 

थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक/एक गोल गर्यो। उसको जीतमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले एक–एक गोल गरे। विष्टले खेलको पहिलो हाफको १७औँ मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाए। 

त्यस्तै खेलको ८३औँ मिनेटमा थ्री स्टारका अर्का खेलाडी चेम्जोङले थप एक गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे।  यता फ्रेण्ड्स क्लबका विकास लामाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काएका थिए।  सोही मैदानमा आजै हुने दोस्रो खेलमा जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »