राष्ट्रपति भण्डारीको लागि ओछ्याएको 'रेड कार्पेट'मा सर्प...

१ चैत्र २०७५
banner

तस्बीरः सामाजिक सञ्जाल

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।

राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन्। राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन्।

शुक्रबार दिउसो ३ बजे फर्किएकी राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो।

उक्त रेड कार्पेटमा राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प कार्पेटमा दौडिएको थियो । राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीको नजिक हुँदै सर्प रेड कार्पेटबाट विमानस्थलतर्फ गएको थियो।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll