जसलाई तिहारले छोएन.. 

२३ कार्तिक २०७५
banner

हुम्ला । नेपालीको दोस्रो ठूलो पर्व तिहार शुक्रबार मुलुकभरि हर्षाल्लासका साथ मनाइँदै छ । 

तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताए । 

आफूहरुले बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तिहारलाई त्यति महत्व नदिएको उनले बताए । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ । 

पुर्खादेखि आफूहरुले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकाले यो पर्वलाई खासै महत्व नदिएको उहाँको भनाइ छ । हुम्ला दुर्गम भएपनि पछिल्लो समय दशैँ, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रुपमा लिने गर्छन् । (रासस)

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l