तिहारको नाममा ३ वर्षकी बालिकाको मुखमा राखेर पटाका पड्काइयो, मृत्युसँग जुध्दै बालिका

२२ कार्तिक २०७५
banner

तिहारमा रमाइलो गर्ने नाममा एक व्यक्तिले ३ वर्षकी बालिकाको मुखमा राखेर पटाका पड्काउँदा बालिका गम्भीर घाइते भएकी छिन् । बालिकालाई निकै गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ । उत्तर प्रदेशको मेरठमा ती व्यक्तिले बालकाको मुखमा राखेर सुतली बम पड्काएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

बालिकाको मुखमा ५० टाँका लगाइएको बताइएको छ । बालिकाको मुखमा पटाका पड्काइदिने गाउँकै एक युवक भएको बताइएको छ । आरोपी ती युवक फरार छन् । प्रहरीले ती युवकको खोजी भइरहेको जनाएको छ । प्रहरीका अनुसार घटना गाउँको दौराला रोगको हो । बालिकाका पिता शशि कुमारले उजुरीमा जनाएअनुसार मंगलबार उनकी छोरीलाई गाउँकै हरपाल नामका युवकले केही खुवाउन भन्दै लिएर गएका थिए । त्यसपछि उनले बालिकालाई खानेकुरा भन्दै मुखमा सुतली बम राखेर त्यसमा आगो लगाइदिएका थिए । 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l