शिक्षण अस्पतालमा कलेजोको वरिपरि पलाएको पाँच किलो ट्युमर झिकियो

२८ पौष २०७५
banner

काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ। 

अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको सो अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो। शल्यक्रियाबाट ती बिरामीको कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो। 

सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकको जिकिर छ। शल्यक्रियामा उक्त अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहेका प्राडा भण्डारीले भने, “बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले शुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा थियौँ। बिरामीको सहमति लिएर शल्यक्रिया गर्यौँ र सफल पनि भयौँ।” 

शल्यक्रियापछिको एक हप्तापछिको अस्पताल बसाइँपछि ती बिरामीलाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए। उक्त अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ। रासस

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |