आजको राशिफल : हेर्नुहोस् कुन राशिको भाग्य कस्तो छ ? (भिडियो)

२४ माघ २०७५
banner

आज मिति २०७५ साल माघ २४ गते। इश्वी सन् २०१९ फेब्रुवरी ७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तृतीया तिथि बिहीबार ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम बिना अवरोध सुचारु हुनेछन् । ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । प्रिय व्यक्तिहरुसंग भ्रमणमा गइनेछ । मनमा शान्ती छाउनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विद्यार्थीहरुले कडा मिहिनेत गर्नुपर्ने समय छ । रोजगारीका अवसरहरु मिल्नेछन् । अरु व्यक्तिहरुसंग निर्भर रहेर निर्णय गर्नाले समस्या निम्तिनेछ । परिवारका महिला सदस्यको सहयोगले काम सम्पन्न गर्न सकिनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा राम्रा अवसरहरु मिल्नेछन् । वरिष्ठ व्यक्तिको सहयोगले काम बन्नेछ । विचारको आदान प्रदानले गर्दा बौद्धिक क्षमतामा वृद्धि हुनेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कानुनी काममा सावधानी अपनाउनुपर्ने समय छ । धार्मिक कामको लागि खर्च बढ्नेछ । साझेदारीको कामले लाभ मिल्नेछ । परिवारमा मतभेद सिर्जना हुन सक्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
सरकारी तर्फबाट लाभ प्राप्त गर्न सकिनेछ । अवसरलाई चीन्न सकेमा व्यवसायमा आज गरिएका निर्णयले पछि ठूलो फाइदा पुर्याउनेछन् । जीवनसाथीको स्वास्थ्य समस्याले तनाव उत्पन्न हुनेछ । केही दान गरेमा धन हानीबाट बच्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायिक यात्रा हुनेछ । व्यवसायमा नयाँ योजनाहरु बन्नेछन् । आर्थिक लेनदेन गर्दा या कुनै पनि सम्झौता गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय रहेको छ । सामाजिक काम या समारोहमा सहभागी भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)वरिष्ठ व्यक्तिहरुको सहयोग मिल्नेछ । आर्थिक लाभ मिल्नेछ । साझेदारको पूर्ण सहयोग रहनेछ । नयाँ परिचित व्यक्तिहरुबाट धोका हुन सक्नेछ । परिवारमा तनाव उत्पन्न हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा सफलता मिल्नेछ । नयाँ अवसरहरु प्राप्त हुनेछन् । कडा मिहिनेतका कारण प्रोत्साहन तथा प्रशंसा मिल्नेछ । सामाजिक सम्बन्धका कारण फाइदा मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायमा ठूलो सफलता मिल्न सक्नेछ । नयाँ सम्झौताहरुले फाइदा दिनेछन् । इष्टमित्रको साथ र सहयोग मिल्नेछ । विवाहको चर्चा चल्नेछ । हाडजोर्नी दुखाइले चिन्तित बनाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
इमान्दारी पूर्वक गरिएको कामले अतिरिक्त लाभ मिल्नेछ । व्यापारमा आएका नयाँ अवसरमा केही जोखिमको सामना गर्नुपर्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दैनिक काम सहज तरिकाले सम्पन्न हुनेछन् । कामका नयाँ अवसरहरु मिल्नेछन् । आर्थिक लाभ मिल्नेछ । परिवारमा तनाव उत्पन्न हुन सक्नेछ । आमाको सल्लाहले काम बन्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ सम्पत्ति खरिद गर्नको लागि आजको दिन उचित रहने छैन । नोकरीमा कठीन परिस्थितिको सामना गर्नुपर्नेछ । आमा बुवाको सल्लाहमा गरिएको काम सफल हुनेछ । जीवनसाथीको साथमा भ्रमणको योग रहेको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l