निकै सुन्दर र कलात्मक गुँड बनाउने 'तोप चरा' (फोटोफिचर)

१८ जेठ २०७६
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौं। नेपालमा ८७१ प्रजातिका चरा पाइन्छन्। ती मध्येको एक हो तोप चरा। भँगेरा वर्गमा पर्ने यो चरालाई नेपालमा ठाउँअनुसार विभिन्न नामले समेत चिनिने गरिन्छ। यसलाई कतै कोटेरो भनिन्छ भने कतै कतै सुजेरो, बकेचो पनि भनिन्छ।

धादिङ जिल्लातिर भने यसलाई तोलायँ भनेर चिनिन्छ। नेपालमा खासगरी हिउँद याममा मंसिर लागेपछि उच्च पहाडी भागबाट पोथीहरूभन्दा केही दिन अगाडि नै भालेहरू तराईतिर लाग्छन्। मध्य नेपालको उच्च पहाडबाट भने केही काठमाडौं उपत्यकातिरै पनि बस्छन्।

काठमाडौं उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो। समुहमा बस्न रुचाउने यो चराले यतिबेला उपत्यकाको पायक पर्ने विभिन्न स्थानमा गुड बनाएर चरा समेत कोरल्न थालिसकेका छन्।

 

 

पहिले पहिले काठमाडौंको मध्यभाग तिरै पाइने यो चरा जनसंख्या वृद्धिसँगै बाक्लो मानव बस्तीका कारण अहिले आएर उपत्यकाको माथिल्लो भेगतरि पाइने गरेको छ। यिनीहरुले हरियो घाँस प्रयोग गरेर चुच्चोको सहाराले कलात्मक ढङ्गले गुँड बनाउने गर्छन।

भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै नपस्ने चराविद्हरु बताउँछन्। भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ। पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन्।

यी चराको हूलमा भालेभालेबीच कसले राम्रो गुँड बनाउने भन्नेसमेत होडबाजी नै चल्छ। हेरौ डिसीनेपालका फोटो पत्रकार आर्यन धिमालले कीर्तिपुरको भत्केपाटीमा तोप चराले बनाएको कलात्मक गुँड र चरालाई आफ्नो क्यामेरामा कैद गरेका तस्विरहरु।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l