टोटेनहमद्वारा लेष्टर सिटी पराजित

२७ माघ २०७५
banner

एजेन्सी । इंग्लिश प्रीमियर लीग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार भएको खेलमा टोटेनहमले लेष्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डेभीनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले एक एक गोल गरे । लेष्टरका जेमी भार्डीले एक गोल फर्काए ।

वेम्बलीमा खेलको ३३ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाए । खेलको ६० औं मिनेटमा लेष्टरले बराबरी गर्ने मौका गुमायो  ।

लेष्टरका जेमी भार्डीले पेनाल्टीमा गोल गर्न सकेनन् । लगत्तै ६३ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोटेनहमलाई २–० को अग्रता दिलाए ।

खेलको ७६ औं मिनेटमा लेष्टरका भार्डीले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सनले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए  ।

जितसंगै टोटेनहमले २६ खेलबाट ६० अंक जोडेको छ । टोटेनहम लिगको तेस्रो स्थानमा छ । ३२ अंकसहित लेष्टर १२ औं स्थानमा छन् ।

जितपछि टोटेनहमले शीर्ष दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटीविरुद्ध अंक दुरी घटाउन सफल भएको छ ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l