नेपालको टिपिएस म्याद थपियो

३१ बैशाख २०७६
banner

वाशिंगटन । अमेरिकाले नेपालका लागि अस्थायी सुरक्षित दर्जा (टिपिएस) म्याद थपेको छ । अमेरिकी संघीय पञ्जीकाधिकारी (फेडरल रजिस्टार) ले टिपिएस म्याद थपिएको जनाएको छ ।

फेडरल रजिस्टारले नेपालको टिपिएस मार्च २४, २०२० सम्म थपेको जनाएको छ । यस्तै होण्डुरसको पनि टिपिएस थपिएको छ । उसको टिपिएस जनवरी ५, २०२० सम्म कायम रहनेछ । नेपालको टिपिएसको म्याद नौ महिना थपिएको हो । 

नेपाल र होण्डुरसको टिपिएस अन्त्य गर्ने अमेरिकी सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेकोले म्याद थपिएको हो। टिपिएसको थपिएको म्याद नसकिँदै नेल्सन विरुद्ध भट्टराई साथै नेल्सन विरुद्ध रामोस मुद्दाको अन्तिम निर्णय भएमा अमेरिकी सरकारले अमेरिका छाडन वा अर्को प्रक्रियामा जान थप समय दिने जनाइएको छ । 

नेल्सन विरुद्ध रामोस मुद्दामा अमेरिकी सरकारले क्यालिफोर्निया डिस्ट्रिक कोर्टको फैसलाविरुद्ध अपिल गरेको छ । नेपाल र होण्डुरसको मुद्दा पनि समान प्रकृति छ । त्यसैले नेल्सन विरुद्ध भट्टराईलाई पनि एउटै श्रेणीमा राखिएको छ ।  
 
यूएससिआईएसले आफ्नो वेवसाईटमा टिपिएसको म्याद थपिएको अवधि मार्च २४, २०२०  सम्म वर्क परमिट मान्य रहने जनाएको छ । 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |