४० वर्षपहिले हत्या भयो लाश भेटिएन, ४० वर्षपछि डुम्रीको रुखले खोलिदियो सबै रहस्य

२३ आश्विन २०७५

banner

एजेन्सी। ४० वर्ष पहिले एक व्यक्तिको हत्या भयो । तर, उनको लाश पनि भेटिए । ४० वर्षपछि अहिले आएर एउटा डुम्रीको रुखले सबै हत्याको रहस्य खोलिदिएको छ । सुदा निकै अविश्वसनीय लाग्ने यो सत्य घटना ग्रीसमा भएको हो । मिडिया रिपोर्टका अनुसार १९७४ मा अहमेट हग्र्युनर नामका यी व्यक्तिको ग्रिस र टर्कीबीच युद्ध भइरहँदा हत्या भएको थियो । वर्षौसम्म उनको शव भेटिएन । तर जहाँ उनको मृत्यु भएको थियो त्यहाँ एउटा रुख उम्रियो । यही रुखले उनको हत्याको रहस्य खोलिदिएको हो । 

यो रुखमा २०११ मा पहिलोपटक वैज्ञानिकको ध्यान गएको थियो । यो रुख गुफाभित्रबाट उम्रिएको थियो । गुफाभित्रबाट एउटा प्वालबाट छिरेर बाहिर निस्किएको रुख निकै असामान्य थियो । एक त गुफाभित्र रुख उम्रिनु नै अनौठो थियो त्यसमाथि जुन क्षेत्रमा यो रुख उम्रिएको थियो त्यहाँ सामान्यतया डुम्रीको रुख नै हुँदैनथ्यो । किनकि त्यहाँको मौसम डुम्री पाइने खालको थिएन । रुख निकै आश्चर्यजनक ठाउँमा उम्रिएको देखेपछि वैज्ञानिकले यसको अनुसन्धान थाले अनुसन्धानमा हत्याको रहस्य खुलेको हो । 

रुख निकै अनौठो लागेपछि वैज्ञानिकले रुखको फेदवरिपरि खनेर हेरे । त्यहाँ ३ व्यक्तिको कंकाल भेटियो । कंकालसँगै ती व्यक्तिका कपडा पनि त्यहीँ थिए । जाँचको क्रममा थाहा भयो कि यहाँ अहमेट हग्र्युनरसहित ३ जनालाई डाइनामाइट पड्काएर मारिएको थियो । विष्फोटका क्रममा गुफाको माथिल्लो भागमा प्वाल पर्यो । जहाँबाट भित्र छिरेको प्रकाशले बिरुवा हुर्किन सघायो । यही प्वालबाट पछि त्यो रुख ठूलो हुँदै बाहिर निस्कियो । वैज्ञानिकका अनुसार हग्र्युनरले मर्नुअघि डुम्री खाएका थिए जसको बीउ उनको पेटमा थियो । त्यही बीउ उम्रिएर पछि ठूलो रुख बन्यो । 

हग्र्युनरकी बहिनी मुनुर हग्र्युनरले बताएअनुसार जुन गाउँमा उनीहरु बस्थे त्यहाँको आधा जनसंख्या ग्रीसको र आधा जनसंख्या टर्कीको थियो । यो गाउँमा ४ हजार मानिसहरु बस्थे । १९७४ मा युद्ध सुरु भएको थियो । उनका दाजु टर्कीको रसिस्टेन्ट अर्गनाइजेशनमा भर्ना भए । १० जुनका दिन ग्रिसको सेनाले उनको दाजुलाई पक्राउ गरेर लिएर गए । त्यसपछि उनको हत्या गरिएको अनुमान गरिएको छ । कंकालको डिएनए परीक्षणबाट उनी हग्र्युनर नै भएको पुष्टि भएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »