विमानस्थलको त्यो कारूणिक दृश्य (भिडियो)

२५ आश्विन २०७५
banner

काठामडौँ । दशैंको आगमजसँगै काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशिएका नेपालीहरूको आउनेक्रम निकै बढेको छ । दशैं मनाउन आउनेको उत्साहपूर्ण माहोलका बीच एक अत्यन्तै हृदयविदारक दृश्यले विमानस्थलमा सबैलाई स्तब्ध पार्यो ।

काठको बाकसमा नेपाली युवाको शव फर्किदाको त्यो दृश्य निकै कारूणिक थियो ।

झापा सेरुङ्गाका ३४ वर्षीय झलक श्रेष्ठको शव काठको बाकसमा आएको हो । उनको परिवार विमानस्थलमा भक्कानिएको देख्ने धेरैका आँखा रसाए । 

साउदी पुगेका झलक शव बाकसमा फर्किदा विमानस्थलमा शव बुझ्न आएका थिए बुबा जितबहादुर श्रेष्ठ । झलकले ८ असोजमा घरमा फोन गरेर दशैँमा घर आउने बताएको बाबुले सुनाएका थिए । तर दुर्भाग्य उनको शव आयो ।

वैदेशिक रोजगार विभागका अनुसार दैनिक ३ जना नेपालीको शव आउने तथ्यांक छ । पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या झण्डै ७ हजार पुगेको छ । 

झलकको शव बुझ्दा विमानस्थलमा भावविव्हल परिवारः

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l