रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु

२५ अषाढ २०७६
banner

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ।

गए राति ना६ख ५२०७ नंको ट्रकमा लु२२प २८९९ नंको मोटरसाइकल ठोक्किँदा पाल्पा  तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको हो।

सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नं ५ दरबन्दी भई बिओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l