अमेरिकी मध्यावधि चुनाव : हाउसमा हारले ट्रम्प कति कमजोर भए?

२१ कार्तिक २०७५

banner

एजेन्सी । अमेरिकाको मध्यावधि चुनावी नतिजाले विपक्षी दल डेमोक्रेटिक पार्टीको नियन्त्रणमा हाउस अफ रिप्रेजन्टेटिभ्स आउनु राष्ट्रपथि डोनल्ड ट्रम्पका लागि गहिरो झट्का हो । 
 
डेमोक्रेटिक पार्टी ८ वर्षपछि अमेरिकी कंग्रेसको तल्लो सदनमा हाउस अफ रिप्रेजेन्टेटिभ्समा फर्केको छ । अब ट्रम्प आफ्ना एजेण्डालाई बिना अडचन अगाडी बढाउन सक्दैनन् । तर ट्रम्पको पार्टीले अमेरिकी सीनेटमा भने बहुमत ल्याएउन सफल भएको छ । 

मंगलबार भएको मध्यावधि चुनावलाई ट्रम्पको दोस्रो कार्यकालका लागि जनादेशका रुपमा हेरिएको छ ।

तर, यो राष्ट्रपतिय निर्वाचन भने होइन । 

बीबीसीको अमेरिकी साझेदार सीबीएस नेटकर्वकले डेमोक्रेट्सलाई हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतका  लागि अब २३ सिटमात्र आवश्यक भएको जनाएको छ । अमेरिकी मतदाताले हाउसका ४३५ सीटका लागि मतदान गरेका थिए । 

यो जितसँगै डेमोक्रेट्सले ट्रम्प प्रशासनका नीति तथा निर्णयको जाँच शुरु गनै सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । 

डेमोक्रेट्सको यो जितले रिपब्लिकन पार्टीको नीतिहरुलदाई रोक्न सहयोग पुग्नेछ । डेमोक्रेटिकका तर्फबाट न्यूयोर्क सीटबाट विजयी अलेक्जेण्डरिया ओकासियो कोर्टेजको उमेर २९ वर्षमात्र हो । उनी अमेरिकी कंग्रेसमा सबैभन्दा कान्छी सांसद बनेकी छन् । 

मध्यावधि निर्वाचनमा दुई मुस्लिम महिलाले पनि पहिलो पटक कंग्रेसमा आफ्नो स्थान बनाएका छन् । डेमोक्रेटिक पार्टीका इल्हान उमर र राशिदा तालिब सांसदमा विजयी भएका हुन् । 

डेमोक्रेटिक्सकी हाउस नेता नैन्सी पेलोसीले वाशिंगटनमा जीतपछि आफ्नो भाषणमा मतदाताहरुलाई धन्यवाद दिँदै भोलीबाट नयाँ अमेरिका शुरु हुने बताइन् । 

उता चुनावी नतिजापछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चुनावमा अदभुत सफलता पाएको बताएका छन् । उनले अमेरिकी इतिहासमा ०५ वर्षपछि राष्ट्रपतिको पार्टीले सिनेटमा बहुमत ल्याएको भन्दै त्यो आफ्नो जादूले गर्दा भएको बताएका छन् । उनले भनेका छन्, ‘ट्रम्पससँग जादू छ, सबै सञ्चारमाध्यम मविरुद्ध भए पनि ट्रम्पको जादू चल्यो ।’ 

क्रग्रेसको माथिल्लो सदन सीनेटमा रिपब्लिनक ५१ ४९ सीटका साथ बहुमततर्फ अगाडि बढेको छ । 

सीनेटमा रिपब्लिकनको जित ट्रम्पका लागि ठूलो राहत भनिएको छ । बीबीसीका अनुसार रिपब्लिकनले सीनेटमा जितेपछि ट्रम्पलाई कार्यकारी र न्यायिक नियुक्तिमा अब कसैले पनि चुनौती दिन सक्दैन । 

उता हाउस अफ रिप्रेजेन्टेटिभ्समा भने कथा फरक छ । यहाँ डेमोक्रेटिकको जितले ट्रम्प प्रशासनको नीतिलाई झट्का लाग्नेछ । 

राज्यका गवर्नरसँग अहम शक्ति हुन्छ । राष्ट्रपति चुनावका लागि निकै महत्व हुन्छ । यो पटक मध्यावधि चुनावमा ५० गवर्नर मध्ये ३६का लागि निर्वाचन भयो । फ्लोरिडामा लेफ्ट वींगका एन्ड्र्यूले गिलमले हार स्वीकार गरेका छन् । चुनावी अभियानमा उनले ट्रम्पमाथि निकै कडा टिप्पणी गरेका थिए । 

अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ्स र सीनेट वा कंग्रेसका लागि भएको चुनावी नतिजाले ट्रम्पको कार्यकालको बाँकी दुई वर्षलाई राजनीतिक रुपमा निकै असर पार्ने छ । यस्तो पहिलो पटक भएको छ, पूरा विश्वले अमेरिकी मध्यावति चुनावलाई हेरिरहेको छ ।

अमेरिकामा यसलाई मध्यावधि चुनाव किन भनिएको भने राष्ट्रपतिको कार्यकाल शुरु भएको दुई वर्षपछि यो चुनाव हुन्छ र बाँकी पनि दुई वर्षको कार्यकाल नै हुन्छ । 

अमेरिकी इतिहासमा गएका ५० वर्षपछि यो मध्यावधि निर्वाचनमा सबैभन्दा धेरै मतदाताले मतदान गरेका छन् । 

यसभन्दा पहिला अमेरिकी जनता यो चुनावलाई राष्ट्रपति चुनाव जति महत्व दिँदैनथे । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »