टुँडिखेलमा 'मृत्त सागर', (फोटो/भिडियो)

१९ मङ्सिर २०७५
banner

काठमाडौं राजधानीको मुटुमा अवस्थित टुँडिखेलमा करिब एक लाख प्लाष्टिक प्रयोग गरी डेड सि (मृत्त सागर) आकृतिको नक्सा निर्माण गरिएको छ।

प्लाष्टिकका कारण वातावरणमा पर्न गएको असर न्यूनिकरण गर्ने उद्देश्यसहित प्लास्टिक प्रयोग गरी डेड सिको नक्सा निर्माण गरिएको आयोजक स्टिम फाउण्डेशनले जनाएको हो। फाउण्डेशनका अनुसार उक्त नक्सामा करिब एक लाख प्लाष्टिकको प्रयोग गरिएको छ।

 

 

गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्न पनि यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ। यसअघि सिंगापुरमा ६८ हजार प्लास्टिक अक्टोपसको आकृतिमा बाँधेर विश्व रेकर्ड कायम गरिएको थियो। अहिले विश्वमा बढ्दो प्लाष्टिकको प्रयोग भइरहेको छ।

जसले गर्दा वातावरणमा नकारात्मक असर परिरहेको छ। सोही नकारात्मक असरलाई न्यूनिकरण गर्दै प्लाष्टिक प्रयोगमा रोक लगाउने उद्देश्यका साथ डेड सि आकृतिको नक्सामा करिब एक लाख प्लाष्टि बाँधेर विश्व रेकर्ड राख्ने कार्यक्रमको आयोजना गरिएको हो।

 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3