इँटा बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

३१ बैशाख २०७६
banner

लम्की । कैलालीको टीकापुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ। 

आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्रयाक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो। यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ। चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी तीनको मृत्यु भएकोे छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |