यूएईमा अल अहालिया एक्सचेञ्जमार्फत पैसा पठाउने ९ जना नेपालीले पाए सुनका सिक्का

२७ पौष २०७५
banner

आरपी सहयात्री     

यूएई यूएईको एक्सचेञ्ज कम्पनी अल अहालिया एक्सचेञ्जमार्फत कारोबार गर्दा  ९ जना नेपालीले १०/१० ग्राम सुन उपहार पाएका छन।त्यस्तै भाारतीय नागरिक सन्जिवलले मन्डलले एक किलो सुन पाएका छन्। युएईको उत्तरी राज्य रास अल खेमामा रहेको अल अहालियाको शाखाबाट आफ्नो कमाइ परिवारलाई पठाउदा उनले भाग्यशाली ग्राहकको रुपमा गोलाप्रथाबाट एक किलो सुन पाएको उक्त एक्सचेञ्जका नेपाल बजार प्रमुख बेनीमाधव ढकालले जानकारी दिएका छन्।अल अहालिया एक्सचेञ्जले ६ महिनाअघि संचालन गरेको समर योजनामा ईलाम सन्दकपुरका नरेन्द्र मगरले १ किलो सुन पाएका थिए ।

अल अहालिया एक्सचेञ्जमार्फत कारोबार गरेका ९ जना नेपालीले यही विन्टर योजनाअन्तर्गत  ९० ग्राम सुन उपहार पाएको अल अहलिया एक्सचेन्जका जनरल म्यानेजर कमल सुब्बाले बताएका छन् । सुब्बाका अनुसारबिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दीक्षित पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भिमबहादुर महत, तासी शेर्पा, रवि सहानी र सुजन तामाङले प्रतिव्यक्ति १०  ग्राम तौलको सुनको सिक्का उपहार पाएका हुन्। 

विन्टर योजना अन्तर्गत  एक्सचेन्जमार्फत रेमिट्यान्स पठाउनेमध्ये गरिएको ड्रमार्फत उनीहरुले सुन उपहार पाएका हुन् । यो योजना गत नोभेम्बर ७ देखि जनवरी ६ सम्म सञ्चालित थियो । यस योजना अन्तर्गत हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ किलो सुन उपहार राखिएको थियो।

जनवरी १० तारिख रासअल खेमा शाखामा एक कार्यक्रम आयोजना गरी विजेतालाई उपहार हस्तान्तरण गरिएको एक्सचेन्जका नेपाल विभाग प्रमुख बेनीमाधब ढकालले जानकारी दिएका छन् । पुरस्कार हस्तान्तरण कार्यक्रममा अल अहलिया एक्सचेञ्जका अपरेसनल म्यानेजर सलमान खालिद, जनरल म्यानेजर कमल सुब्बा, नेपाल बजार  प्रमुख बेनीमाधव ढकाल लगायत शाखा प्रमुख र पुरस्कृतहरु सहभागी थिए। आफुले आर्जन गरेको पैसा बैधानिक तरिकाले एक्सचेञ्जमार्फत पठाउनु पर्ने र यसले सम्बन्धित देश र ग्राहक वर्गलाई पनि फाइदा हुने सहभागीले  प्रतिक्रिया दिएका थिए ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l