नेपालविरुद्ध खेल्ने यूएई क्रिकेट टीमको घोषणा

२६ पौष २०७५
banner

काठमाडौं । नेपालविरुद्धको घरेलु मैदानमा हुने एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि युएईले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
 
आगामी माघको दोस्रो साताबाट शुरु हुने सिरिजका लागि युएईले बिहिबार मोहमद नाभिदको कप्तानीमा टिमको घोषणा गरेको हो । सिरिजका लागि युएईले घोषणा गरेको टिमको उपकप्तान मोहमद उस्मान रहेका छन् ।
 
यस्तै  अश्फाग अहमेद, चिराग सुरी, शाइमन अनवार, मोहमद बोटा, घुलाम शब्बर, इमरान हैदर, ताहिर मुघाल, अमीर हायत, जाहोर खान, क्वाडेर अहमेद, फहाद नवाज, अब्दुल शाकुर, सुल्तान अहमेद र सिपी रिजवान रहेका छन् ।
 
युएईसंगको खेलका नेपाली टोलीको भने घोषणा भएको छैन । नेपालले  प्रारम्भिक टोलीको भने घोषणा गरिसकेको छ ।
 
नेपालले माघ ११ देखि माघ २० सम्म युएईको भ्रमण गर्नेछ ।  नेपालले युएईसंग पहिला एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय खेल खेल्नेछ ।  यस्तै माघ १७, १८ र २० मा टी–ट्वान्टी खेल खेल्नेछ । 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l