पार्टी फुटाएका थापाले भोलि माइतिघरमा किन सबैलाई बोलाए ?

२७ पौष २०७५
banner

काठमाडौँ । विवेकशील साझा पार्टीबाट विभाजन भएको असन्तुष्ट समुहका उज्वल थापाले भोलि (शनिवार) माइतिघर मण्डलामा सबैलाई उपस्थित हुन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा एक ट्विट गर्दै उनले लुटतन्त्रका विरुद्ध आवाज उठाउन भेलामा सहभागि हुन आव्हवान गरेका हुन्।

विवेकशिल साझा पार्टीको वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता थापाको नेतृत्वमा एक समूह विभाजित भएको भोलि पल्टै उक्त समुह माइतिघर मण्डलामा देखिन लागेको हो।

विवेकशिल साझा पार्टीबाट विभाजित भएको उक्त समुहले आजै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एक नेताका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गएका हुन् ।

संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो छ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भङ्ग गर्ने र महिला तथा युवा सङ्गठन बनाउने सिफारिस गरेको जनाइएको छ । विवेकशील र साझा पार्टीबीच २०७४ सालमा एकता भएको थियो । 

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll