‘उपेन्द्र यादव तत्काल सरकारबाट बाहिरिन चाँहदैनन्’

२७ जेठ २०७६
banner

काठमाडौं। संविधान संशोधन गर्ने सर्तसहित सरकारमा सहभागी समाजवादी पार्टी सरकारबाट बाहिरिने चर्चा चल्न थालेको छ। संविधान संशोधन गर्न सरकार तयार नभएको भन्दै  समाजवादी पार्टी सरकारबाट बाहिरिने चर्चा चल्न थालेको हो। तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन नयाँ शक्तिपार्टीबीच एकता भएपछि समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन दवाब परेको छ।

डा. बाबुराम भट्टराई पक्षधर तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव सरकारमै रहेर संविधान संशोधन गराउन दवाब दिनुपर्ने पक्षमा छन्। भट्टराई पक्षधर बजेट पारित भएपछि सरकारबाट बाहिरिनुपर्ने पक्षमा रहेका छन्।

‘अहिले सरकारबाट बाहिरिने विषयमा पार्टीभित्र कुनै छलफल नै भएको छैन,’ सजावादी पार्टीका नेता डा. शिवजी यादवले डिसी नेपालसँग भने, ‘बरु संविधान संशोधनका विषयमा दवाब दिन सरकारलाई दवाब दिने विषयमा भने छलफल भएको छ।’
तत्कालीन फोरम नेपालसँग सरकारले तीन बुँदै सहमति गरेको थियो।

आफूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै तत्कालीन फोरमले सरकारलाई ज्ञापनपत्र पनि बुझाएको थियो। सरकारलाई बाहिरै बसेर समर्थन गरेको राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फोरममाथि पनि सरकारबाट बाहिरिन दवाब परेको छ। अझ नयाँ शक्तिसँग एकता भएपछि त भट्टराई पक्ष तत्काल सरकारबाट बाहिरिनुपर्ने अडानमा छ।

अहिले नै सरकारबाट बाहिरिएर केही गर्न सक्ने अवस्था छैन,’ यादव निकट एक नेताले भने, ‘सरकारमै रहेर संधिवान संशोधनकालागि सरकारलाई दवाब दिन सकिन्छ।’

पार्टीकातर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी भएका उपेन्द्र यादव भने तत्काल सरकारबाट बाहिरिने पक्षमा छैनन्। ‘अहिले नै सरकारबाट बाहिरिएर केही गर्न सक्ने अवस्था छैन,’ यादव निकट एक नेताले भने, ‘सरकारमै रहेर संधिवान संशोधनकालागि सरकारलाई दवाब दिन सकिन्छ।’

समाजवादी पार्टीले सरकारलाई संविधान संशोधन लगायत आफूहरुको माग सम्वोधन गर्न ‘अल्टिमेटम’ दिने तयारी भने गरेको छ।  केन्द्रीय समितिको बैठकबाट सरकारलाई अल्टिमेटम दिने विषयमा छलफल भइरहेको एक नेताले जनाए। 

‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सडक आन्दोलन गर्छ भन्ने कार्यकर्तालाई लागेको थियो,’ एक नेताले भने, ‘तर आन्दोलन त्यति सजिलो विषय होइन। अहिले समाजवादी पार्टी पनि सरकारबाट बाहिरिने अवस्था आयो भने त्यसपछि के गर्ने भन्ने गम्भीर प्रश्न खडा हुन्छ।’ 

समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिएपछि के गर्ने भन्ने विषय गम्भीर बन्दै गएको छ। डा. भट्टराई पक्ष आन्दोलनमा जानुपर्ने बताउँदै आएको छ भने यादव पक्षधर अहिले आन्दोलनमा जानु प्रत्युत्पादक हुने बताउँदै आएको छ। 

‘हिजो यही संविधान विरुद्ध ६ महिनासम्म आन्दोलन गर्दा राज्यले बेवास्ता गर्दा धेरै जनधनको क्षति भयो,’ उपेन्द्र यावद निकट एक नेताले भने, ‘अहिले पनि आन्दोलनमा जाने कुरा आएका छन्। तर अहिले नै आन्दोलनमा जानु पार्टीका लागि प्रत्युत्पादक हुन्छ।’
 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l