यो देशमा हुन्छ अपराधीको पूजा, प्रसादमा चढाइन्छ चुरोट र बीयर

२६ पौष २०७५
banner

कराकस (बीबीसी) । अपराधीहरुलाई आमरुपमा मानिसहरु टाढै राख्न मन पराउँछन् र आफ्नो घरमा नआउन भन्ने सोच्छन् । तर एक देश यस्तो पनि छ, जहाँ अपराधीहरुको पूजा गरिन्छ । यो हो ल्याटिन अमेरिकी मुलुक भेनेजुएला । 

कच्चा तेलको ठूलो निर्यातकर्ता देश मध्येको एक भेनेजुएलाको पहिचान संसारमा अमेरिकाको दुश्मनका रुपमा छ । यसै कारण यस देशले उटपट्यांगको लामो समय बितायो । 

ह्यूगो चाभेजको अगुवाईमा यहाँ साम्यवादी शासन स्थापित भएको थियो । चाभेजको मृत्युपछि उनका वारिस निकोसल मादुरोको शासनमा यहाँ निकै अराजकता फैलिएको छ । दण्डहिनता मौलाएको छ । 

यस्तोमा यहाँ मानिसहरु अपराधीहरुलाई देवताका रुपमा मान्नु अनौठो लाग्छ । यहाँ पुराना र मृत्यु भइसकेका अपराधीहरुको मुर्ति बनाएर पूजा गरिन्छ । उनीहरुलाई प्रसाद पनि चढाइन्छ । 

स्पेनिश भाषामा यी अपराधी देवताहरुलाई स्यान्टोस म्यालेन्ड्रोस भनिन्छ । पुरानो जमानामा यी बदनाम अपराधीका मुर्ति विभिन्न स्थानमा राखिएको छ । यसलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउँछन् । 

यस्तै एक म्यालेन्ड्रोको नाम हो लइ सान्चेज । लई सान्चेज आफ्नो जमानको बलियो अपराधी थियो । हाल उसको मुर्ति बनाएर पूजा गरिन्छ । 
प्रश्न यो छ आखिर भेनेजुएलाका मानिसहरु निक अपराधीहरुलाई देवता मानेर उनीहरुको पूजा गर्छन् । 

खासमा यी अपराधीहरुको छवि जनताका बीचमा रविनहुडवाला छ । उनी जसले धनीलाई लुटेर गरिबलाई बाँड्थे । उनले कसैको हत्या गरेनन् । मात्र धनीलाई लुटेर गरिबलाई बाँडे । 

स्थानीय मानिसहरु म्यान्लेन्ड्रो केही राम्रो गरेपछि पुरस्कारको अपेक्षा गर्ने बताउँछन् । यदि उनीहरुलाई प्रसाद चढाइएन भने, उनीहरु दुःखी हुन्छन् । 

के भारत वा नेपालमा कुनै भाकल पुरा भएपछि भाकलअनुसार प्रसाद चढाइन्छ, त्यस्तै किसिमले भेनेजुएलामा स्यान्टोस म्यालेन्ड्रोजलाई पनि प्रसाद चढाइन्छ । 

यी अपराधी देवताहरुलाई प्रसादका रुपमा मदिरा अर्पण गरिन्छ । यदि कोही मानिस कुनै किसले समस्यामा छ भने, प्रसाद चढाउँछन् । यस आशामाकी उनीहरुको काम बन्नेछ । यिनीहरु वास्तावमा कसैको सहयोग त गर्दैनन् । तर, स्यान्टोस म्यालेन्ड्रोज, प्रसादबाट निकै खुशी हुन्छन् । मानिसहरु के कुरामा विश्वास गर्छन् भने यिनीहरु खुशी भएर उनीहरुलाई वरदान दिन्छन् र उनीहरुको काम बन्छ । 

सुझाव त यस्तो पनि दिइन्छकी यी अपराधीहरुलाई प्रसादका रुपमा धेरै मदिरा दिनुहुँदैन । नत्र यिनीहरु काम छाडेर उत्सव मनाउन थाल्छन् । राम्रो होला यिनीहरुलाई चाख्नमात्र बीयर दिइयोस । किनकी मासिहरुको काम पनि होस । 

खासमा अपराधी देवाताहरुको पूजा विश्वासको कुरा हो । मानिसहरुलाई यिनीहरुको किवदन्तीमा विश्वास छ । त्यसैले यिनीहरुलाई मानिस प्रसाद अर्पण गर्छन् । उनीहरुलाई विश्वास छ, स्यान्टोस म्यालेन्ड्रोजले उनीहरुलाई सहयोग गर्नेछन् । 

भेनेजुएलाको राजधानी कराकारमा हाल जो अराजकता छ, जुन हालत छ यसले गर्दा अपराधी देवताहरुको माग थप बढाइदिएको छ । हालत निकै खतरनाक छ । हरेक मानिसलाई सुरक्षा चाहिएको छ । त्यसैले मानिसहरु यिनीहरुकोमा आउँछन् । प्रसादमा चुरोट, बीयर वा सेतो मइनबत्ती चढाउँछन् । कसैसँग खाना छ भने यी अनौठा देवताहरुलाई खाना टक्र्याउँछन् । 

भोगमा के चढाउने त्यो तपाईको श्रद्धामा निर्भर हुन्छ । तर, यदि तपाई भेनेजुएलाको स्यान्टोस म्यालेन्ड्रोजको कुरा गर्नुहुन्छ भने, त त्यहाँको हालतअनुसार यसभन्दा राम्रो काम केही पनि हुन सक्दैन । विश्वासको यो व्यापार, मानिसहरुलाई आशावादी बनाइराख्छ । 

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l