भेनेजुएलामा आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

२९ जेठ २०७६
banner

फाइल फोटो

काराकास । भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।

पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए । उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताए ।

उक्त घटनाका बारेमा अधिकारीहरुले भने कुनै टिप्पणी गरेका छैनन् । तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन् । तर भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो होइन भन्ने एकिन हुन सकेको छैन । 

एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो । हालसम्म ८० जना बेपत्ता छन् ।
यसअघिका दुई वटा डुंगा क्यारेबियन मुलुक ट्रिनीडाड एन्ड टोबागोतर्फ हिँडेका थिए ।

परिवारका सदस्यहरुका अनुसार आप्रवासी प्रत्येक व्यक्तिले समुद्र पार गर्न ४०० अमेरिकी डलर तिर्नु पर्दछ । संयुक्तराष्ट्र संघले भेनेजुएलाका तीन करोड जनसंख्यामध्ये एक तिहाईलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ ।

राष्ट्रसंघले विगत तीन चार वर्षको अवधिमा झण्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएका छन् । तर विदेशमन्त्री जर्ज एरेजाले राष्ट्रसंघको तथ्याँक गलत रहेको दाबी गरेका छन्।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l