आज कात्तिक २९ गते शनिबार, आज लक्ष्मी पूजा, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२९ कार्तिक २०७७ ६:३८

आज वि.सं.२०७७ साल कात्तिक २९ गते, शनिबार । सन् २०२० नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । चतुर्दशी तिथि। चन्द्रमा तुला राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मिनेट,सूर्यास्त बेलुकी ५ः१० मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साझेदारीमा फाइदा हुनेछ । पारिवारिक प्रेम बढ्नेछ । यात्राको संयोग मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक झमेला पर हट्नेछ । खसिको खवर मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विद्यामा रुचि जानेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले सहयोग गर्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चिन्ताले बढी सताउनेछ । नया काममा बाधा देखिन्छ । पारिवारिक विवाद आउनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग रहेनछ । हतारमा काम बिग्रिने छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मिठो भोजन मिल्नेछ । धनको कारोबार बढ्नेछ । ठुलावडाले साथ दिनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मनोरञ्जनमा दिन जानेछ । हतारमा काम बिग्रिनेछ । मित्रतामा शंका आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) क्षतिको सम्भावना रहन्छ । खर्चले टाउको दुखाउनेछ । यात्रामा झन्झट मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)   व्यवसायमा लाभ हुनेछ । इच्छाएको कुरा मिल्नेछ । सम्पत्तिको लाभ हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  रोजगारीमा अवसर देखिन्छ । राजनीतिक पहुँच रहनेछ । काममा प्रशंसा मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  पुरानो काम शुरु हुनेछ । सामाजिक व्यस्तता हुनेछ । धार्मिक काममा मन जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक झन्झट बेहोर्नु पर्नेछ । अपमानितको योग देखिन्छ । आफन्त टाढा हुन्ेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *