शताब्दी पुरुष सत्यमोहन जोशी ९९ औं वर्षमा प्रवेश

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार आफ्नो ९९ औं जन्मोत्सव मनाएका छन्। ९९ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन आइतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण, शुभचिन्तक, इष्टमित्र पुगेका थिए।

जोशी निवासमा बिहानैदेखि शुभकामना दिनेहरुको भीड लागेको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि उनको निवास पुगी जन्मदिनको शुभकामना दिए। उनले जोशीलाई दोसल्ला ओढाई सम्मानका साथ उपहार पनि दिए। 

९५ वर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो। ९९ औं जन्म दिवस मनाइरहँदा आफूले अहिलेसम्म कुनै पनि औषधि प्रयोग गर्नु नपरेको भन्दै जोशीले खुसी व्यक्त गरे। 

 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »