हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भने, “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।” 

राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कहीँ कतै छोडिएको छैन भन्दै उहाँले देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम नभएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, “अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको स्थितिमा गयो, नाकाबन्दीपछि कम्तीमा आज हामी यो स्थितिमा पुगेका छौँ। हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गछौँ। हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ, कसैसँग शत्रुता, वैरभावको होइन, मित्रताको सम्बन्ध चाहन्छौँ ।” 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »