मुख्यमन्त्री राउत र भाजपा सांसदको अभिव्यक्ति आपत्तिजनक : परराष्ट्रमन्त्री ज्ञवाली

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सर्नायोग्य रहेको भन्दै आपत्ति जनाएका हुन्।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेकोमा आपत्ति जनाएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सो सम्बन्धमा भारत सरकारको गम्भिर ध्यानाकर्षण गराउने जानकारी समेत दिए। उनले नेपाल–भारत सम्बन्ध बिगार्नेगरी सांसद आजादले गलत मनसाय राखेको टिप्पणी गरे।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »