ठूला अपराधीलाई मृत्युदण्ड दिने कानुन चाहिन्छ :  डा. प्रेमसिंह बस्नेत

काठमाडौँ । पछिल्लो समय भ्रष्टाचार, बलात्कार तथा सुनकाण्डका समाचारले मिडिया भरिएका छन्। यस्ता काण्ड बारम्बार दोहिरिदा नेपालको कानुनमाथि नै प्रश्न चिन्ह खडा भएको छ। पछिल्लो समय सुन काण्डको जालो विस्तारै पर्दाफास हुँदैछ। 

विश्लेषक डा प्रेमसिंह बस्नेतले नेपालमा यस्ता ठूला अपराधिक घटना राजनीतिक संरक्षणको आडमा भइरहेको आरोप लगाएका छन्। डिसी नेपालका संवाददाता मनोज मानवसँग डिवेट डेक्समा कुराकानी गर्दै डा बस्नेतले नेपालमा ठूला अपराधि मौलाइरहेको बताउँदै त्यस्ता अपराधीहरुलाई मृत्युदण्डको व्यवस्था हुनु पर्ने सुझाव दिएका छन्। 

राजनीतिक विश्लेषकका रुपमा परिचित डा बस्नेतले पछिल्लो समय ८८ र ३३ किलो सुन काण्डको जालो विस्तारै पर्दाफास भएको बताउँदै गृहमन्त्री रामबहादुर थापा बादलको पछिल्लो कदमले सर्वसाधारणमा अपराध नियन्त्रणमा नयाँ आश पलाएको बताए।  

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »