प्रधानमन्त्री ओलीले सिंहदरबारभित्रै रोपे लिची र एभोकाडोको विरुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु–याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गरेका छन्।

‘सिंहदरबार बगैँचामा लिची र एबोगार्डोको बिरुवा रोपेर 'एक नेपाली एक फलफूल'को बिरुवा अभियानको आज शुभारम्भ गर्दै उनले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पु-याउन सबैसँग आह्वान गर्दै भने, “वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔँ, हरियाली बढाऔँ, आम्दानी बढाऔँ, वातावरण सपारौँ, ।” नेपालमा हाल करीब ४५ प्रतिशत वनक्षेत्र छ।

आज मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, “हामी वातावरणप्रति सजग छौँ, अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »