साना माछा सकिए अब ठूलै माछाको पालोः गृहमन्त्री थापा

गृहमन्त्री राम बहादु थापाले सुन तस्करीमा संलग्न भुरा र मझौला माछा समातिएको उल्लेख गर्दै अब ठूलै माछा पर्ने संम्भावना रहेको बताएका छन्। बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले सुन तस्करी नियन्त्रणको कामलाई माछा मार्ने कामको रुपमा चित्रण गर्दै अब ठूलै माछा पनि जालमा पर्नसक्ने अवस्था रहेको बताए।

गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीमा संलग्नलाई नियन्त्रणका लिएर कार्वाही गर्ने कामलाई निरन्तरता दिइने उल्लेख गरे। उनले सुन तस्करी सम्बन्धि अनुसन्धानका लागि गठित समितिको म्याद थप गर्ने योजना सुनाए।

गृहमन्त्री थापाले सरकारले समृद्धि र विकासका लागि बाधक तस्करी, अपराधजन्य गतिविधिलाई निस्तेज पार्न विशेष अभियाननै संचालन गरेको बताए। उनले आफूले विकास र समृद्धिका लागि अनुकूल वातावरण बनाउन सबै प्रदेशमा सुरक्षा गोष्ठी समेत संचालन गरेको उल्लेख गरे। गृहमन्त्री थापाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »