सुन तस्करीका मुख्य अभियुक्त गोरेसहित तीन जनालाई काठमाडौँ झिकाइयो

सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनका सालो छिरिङ वाङगेललाई काठमाडौं ल्याइएको छ। मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई सोमबार बिहान सम्पत्ति सुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो।

सम्पत्ति सुद्धिकरण विभागमा गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सूरु गरेको हो। तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ। पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »